सोमबार, वैशाख २८, २०८३

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। प्रधानमन्त्रीले देशविरोधी अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले राजीनामा मागेको हो।

National life

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक नयाँ दिल्ली गएको अभिव्यक्ति प्रचण्डले दिएका थिए। यो अभिव्यक्ति देशको सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले राजीनामा माग्ने निर्णय गरेको हो।

आज दिउँसो बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए।

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले भने आफूले पुस्तकमा भएको कुरा कार्यक्रममा बताएको भन्दै आफ्नो बचाउ गरेका छन्।

प्रकाशित: Jul 05, 2023| 14:46 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्