सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिले एमाले क्रुद्ध, सदन चल्न नदिने

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको एउटा अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले क्रुद्ध बनेको छ। यसबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग्ने र नदिए सदन चल्न नदिने उसले बताएको छ। प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेका लागि बोलाइएको छ।

यसैबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक पनि बोलाएको थियो। प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठूलो आघात पुगेको एमालेको ठहर छ। मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रकाशित: Jul 05, 2023| 14:35 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्