सोमबार, वैशाख २८, २०८३

प्रचण्डले गरे विवादास्पद अभिव्यक्तिको बचाउ

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो एक अभिव्यक्तिको बचाउ गरेका छन्। आफू दिल्लीको प्रयासबाट प्रधानमन्त्री भएको आशयको अभिव्यक्ति उनले दिएका थिए।

National life

सरदार प्रितम सिंहबारे लेखिएको‘रोड्स टु द भ्याली: द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको बताएका थिए।

सो अभिव्यक्तिलाई लिएर उनको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त यसको कडा प्रतिवाद गर्ने उद्घोष गरिसकेको छ। यसबारे जवाफ नदिए सदन अवरुद्ध गर्ने चेतावनी एमालेले दिएको छ।

यो विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले बुधबार एक कायक्रममार्फत खण्डन गरेका हुन्। अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै  होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ, उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ कहिले कहाँ पुग्नुहुन्छ। कहिले दिल्ली कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो उहाँ भनेर उहाँको बारेमा भनेको कुरालाई उचालेर फेरि एकचोटि बबन्डर गर्न खोजिएको छ।’

उनले यो पनि यसअघि आफूमाथि हुँदै आएका हमलाहरु जस्तै रहेकोले अन्त्य हुने पनि बताएका छन्। उनले भने, ‘मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ। त्यसले केही दिनेवाला छैन।’

प्रकाशित: Jul 05, 2023| 14:21 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्