शनिबार, साउन २, २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्।

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। तर साउनयता बैठक बसेको छैन।

 

प्रकाशित: Jul 05, 2023| 13:39 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्