सोमबार, वैशाख २८, २०८३

बाढीपहिरो प्रभावितको उद्धारमा खटिन एमाले अध्यक्ष ओलीको निर्देशन

बर्खायाम लागेसँगै बाढीपहिरोमा परेर प्रभावित भएकालाई सहयोग गर्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन्। 
 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

National life

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले बाढीपहिरो र डुबान प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। बर्खायाम लागेसँगै बाढीपहिरोमा परेर प्रभावित भएकालाई सहयोग गर्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन्।

‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबर आइरहेका छन्। पहिरोका कारण राजमार्ग अवरुद्ध हुने र यात्रु प्रभावित हुने क्रम बढ्दै छ। त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गमा ट्राफिक नियमको पालना गर्न सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु।’

बाढीपहिरोको चपेटामा परेर प्रभावित भएका र जोखिममा रहेकालाई सुरक्षित गर्न सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्ने अध्यक्ष ओलीले बताएका छन्।

प्रकाशित: Jul 05, 2023| 12:01 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्