आइतबार, साउन २४, २०८३

मनोरञ्जन कर उठाउन फिल्म हल र फन पार्कलाई कस्दै महानगर

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले फिल्म हल, फनपार्कलगायतलाई ३० दिनभित्र  डिजिटल प्रणाली सञ्चालनमा ल्याउन र मनोरञ्जन करका लागि पहुँच दिन निर्देशन दिएको छ।

मंगलबार महानगरभित्रका मनोरञ्जन कर तिर्ने सबै संस्थाहरूलाई पत्र काटेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए सञ्चालनमा ल्याई सबै डिजिटल विवरणको पहुँच महानगरपालिकालाई दिन आग्रह गरेको हो।

कर छली गरिएको छ कि छैन भनेर नियमन गर्न मनोरञ्जन करदाताको डिजिटल प्रणालीको डाटा माग गरिएको हो। महानगरले अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा, सार्थक इन्टरटेन्मेन्ट, केएल सिनेमा, कोर प्लान विल्डर्स, गोपीकृष्ण मुभिज, ओकुलर होल्डिङ्स, दरबार सिनेम्याक्स, रञ्जना सिनेप्लेक्सलगायतलाई डिजिटल विवरण बुझाउन पत्र पठाएको छ।

यस्तै काठमाडौं फनपार्क भृकुटीमण्डपलाई पनि पत्र पठाइएको छ। मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भएमा भने ३ दिनभित्र प्रणालीमा विवरण प्रविष्ट गर्न भनिएको छ।
मनोरञ्जन कर फनपार्क, सिनेमा हल, स्वीमिङ पुल, दोहोरी साँझ लगायतले तिर्नुपर्छ।

प्रकाशित: Jul 04, 2023| 18:25 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्