आइतबार, साउन २४, २०८३

कक्षा ९ की छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- कक्षा ९ मा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरमा एक जना शिक्षकलाई पक्राउ गरेको छ। लिटल फ्लावर स्कुल शंखमूलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही स्कुलका शिक्षकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङ घर भई ललितपुरको कुपण्डोल बस्ने २३ वर्षीय अशोक परियार छन्। उनी गणित शिक्षक हुन्। नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि उनी समातिएका हुन्।

 

प्रकाशित: Jul 04, 2023| 18:21 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्