आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपति उपचारमा जाँदा-आउँदाको ५५ लाख हवाई भाडा माग्यो परराष्ट्रले

राष्ट्रपति उपचारमा जाँदा-आउँदाको ५५ लाख हवाई भाडा माग्यो परराष्ट्रले

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किंदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। चार्टर्ड विमान र नियमित उडानको भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले अर्थलाई पत्राचार गरेको हो।

राष्ट्रपति पौडेललाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको थियो भने भारतबाट वैशाख १७ मा फर्किंदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो।

राष्ट्रपतिको उपचारमा सरकारी कोषबाट खर्च भएको भनेर आलोचना भएपछि राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा लागेको खर्च सरकारबाट नलिने चाहना आफ्नो रहेको प्रष्टीकरण दिएका थिए।

प्रकाशित: Jul 04, 2023| 18:02 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्