बुधबार, वैशाख ९, २०८३

के छ साउन महिनाको महत्व ?

 |  मंगलबार, असार १९, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, असार १९, २०८०

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ। साउन महिनामा भगवान् शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले साउन महिनामा शिवको पूजा आराधना गरिन्छ।

National life

साउन महिनाको सोमबार व्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ। विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन्।

साउन महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ। श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ।

भगवान शिवलाई हरियो, रातो र पहेंलो रङ मन पर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन्। हरियो रङलाई सौभाग्यको रङ पनि भनिन्छ।

श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफूलाई जोड्ने महिना रहेकाले हरियो रङका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ। जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

kumari

 

प्रकाशित: Jul 04, 2023| 19:07 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्