बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणमा पक्राउ परेका अभियुक्त थप सात दिने हिरासतमा रहने

ललिता निवास प्रकरणमा पक्राउ परेका अभियुक्त थप सात दिने हिरासतमा रहने

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध सात दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले आज थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो।

National life

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले अहिलेसम्म नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका भाटभटेनी सुपरस्टोर सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, मालपोतका पूर्वकर्मचारीहरु गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन छन्।

उनीहरुविरुद्ध मुलुकी ऐन २०२० अन्तर्गत सरकारी कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

 

प्रकाशित: Jul 04, 2023| 17:32 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्