आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विश्व कीर्तिमानधारी ‘मेमोरी किङ’ शर्मालाई प्रधानमन्त्री प्रचण्डको बधाइ

विश्व कीर्तिमानधारी ‘मेमोरी किङ’ शर्मालाई प्रधानमन्त्री प्रचण्डको बधाइ

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान कायम गरेका छन्।
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाइ तथा शुभकामना दिएका छन्।

सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकामा बधाइ दिँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका हुन्। 

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उहाँले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिन्छन्। थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आएका छन्। 

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी थालेका छन्। शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए। 

शर्माले भने, ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने योजना छ।’

प्रकाशित: Jul 04, 2023| 14:14 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्