आइतबार, साउन २४, २०८३

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मृत्यु भएको हो।
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

गोरखा– गोरखामा बनाइँदै गरेको धन्सार भत्किएर एक महिलाको मृत्यु भएको छ। अन्य तीन घाइते भएका छन् । 

गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। धन्सार भत्किएर पुरिँदा उनकोे घटनास्थलमै मृत्यु भएको हो। 

घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन्। रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अन्य दुई जनाको अवस्था भने सामान्य छ।

प्रकाशित: Jul 04, 2023| 13:21 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्