बुधबार, साउन २८, २०८२

रास्वपा सत्ता दौडमा नरहेको रवि लामिछानेको दाबी

रास्वपाको प्राथमिकता सत्ताभन्दा संगठन विस्तार भएकाले सरकारमा समेटिन अफर आए पनि त्यसलाई वास्ता नगरिएको लामिछानेको दाबी।
 |  मंगलबार, असार १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं– संगठन विस्तारका लागि सुदूरपश्चिमको धनगढी पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु सत्ता दौडमा नरहेको स्पष्ट पारेका छन्। रास्वपालाई सत्ता अफर आइरहे पनि पहिलो प्राथमिकता संगठन निर्माण रहेको उनले बताएका हुन्।

रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि गतिविधि र बैठकमा सहभागी नभइने उनले दाबी गरे। उनले भने, ‘सत्ता बदलिने चर्चा चलेको मैले पनि सुनेको छु। हामी संगठन विस्तारको क्रममा रहेकाले त्यसमा सहभागी हुँदैनौं,’ धनगढी विमानस्थलमा पत्रकारसँग लामिछानेले भने।

अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय भइसकेकाले रास्वपाका लागि सत्ताभन्दा संगठन विस्तार प्राथमिकतामा रहेको उनले बताए। सरकार जनताका काममा भन्दा सत्ता जोगाउने खेलमा लागेको उनले आरोप लगाए।

प्रकाशित: Jul 04, 2023| 12:57 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्