बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणः थुनामुक्त माग गर्ने तीन आरोपीको रिटमाथि सुनुवाइ हुँदै

ललिता निवास प्रकरणः थुनामुक्त माग गर्ने तीन आरोपीको रिटमाथि सुनुवाइ हुँदै

न्यायाधीशद्वय भट्टराई र फुयालको इजलासमा तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन लागेको हो। 
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ परेका भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितका तीन जनाको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै छ।

National life

सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन लागेको हो। 

गत शुक्रबार न्यायाधीश कुमार चुडालको एकल इजलासले २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो। प्रतिवादीले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडि बढाएपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। 

रिटमा जग्गा खाएको कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्चले नै हदम्याद नाघिसकेको भनी आदेश दिइसकेको अवस्थामा थुनामा राख्न नमिल्ने माग उनीहरुले गरेका छन्। सीआईबीले हालसम्म ललिता निवासको जग्गा खाने संदिग्ध ९ जनालाई पक्राउ गरिसकेको छ।

Shivam cement

प्रकाशित: Jul 04, 2023| 12:45 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्