बिहीबार, असार ४, २०८३

झरी परेपछि ओलीले सम्झिए किसानको दु:ख

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले झरी परेसँगै किसानका दु:ख सम्झिएका छन्। आज बिहान फेसबुकमा स्टाटस लेख्दै ओलीले किसान सम्झिएका हुन्।

National life

ओलीले भनेका छन्-
झरी परिरहेको छ। केही दिनअघि अनौपचारिक कुराकानीका क्रममा चितवनमा एकजना युवाले भनेको सम्झन्छु- जुत्ता उत्पादकले आफ्नो उत्पादनको मूल्य आफैं तोक्छ, टी-शर्ट उत्पादकले पनि आफ्नो उत्पादनको भाउ तोक्छ, किसानले गरेको उत्पादनको मात्र आफूले मूल्य तोक्न नपाइने किन होला?

म सम्झन्छु- किसानले यही पीडा भोग्नु नपरोस् र उत्पादित वस्तु खेर नजाओस् भनेर हामीले गएको चुनावीघोषणा पत्रमा कृषि वस्तुको मूल्य तोक्ने र अग्रिम खरिद सम्झौता गर्ने ग्यारेन्टी गरेका थियौं। हामी सरकारमा गएपछि गत पुसमा सोही अनुरूप सरकारको न्यूनतम कार्यक्रममा पनि यो व्यवस्था गरेका थियौं। तर, गठबन्धन बदलिएसँगै यो व्यवस्था त्यसै हरायो।

कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य पाउँदैन र कृषि पेशा माथि उठ्न पनि सक्दैन। नेकपा एमाले जतिबेला सरकारमा पुग्छ, यो काम प्राथमिकतापूर्वक गर्छ। अहिले पनि यो सुरुवात होस् भन्ने चाहन्छ।

प्रकाशित: Jul 04, 2023| 09:25 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्