आइतबार, साउन २४, २०८३

लुम्बिनी र गण्डकीमा भारी वर्षा, तिनाउमा बाढी

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- देशका विभिन्न क्षेत्रमा सोमबार रातिदेखि भारी वर्षा भइरहेको छ। राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हो। 

भारी वर्षा भएको क्षेत्र भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ। तिनाउ नदीमा जल सतहले खतरा तह पार गरेको छ। जल सतह बढ्दो क्रममा छ। तिनाउका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित: Jul 04, 2023| 06:05 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्