शनिबार, साउन २, २०८३

कोशी सरकारको नेतृत्व कांग्रेसलाई दिने गठबन्धनको निर्णय

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- आज बसेको सत्तारुढ गठबन्धन बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले जानकारी दिए।

उनले कोशी प्रदेशभित्र सबैभन्दा ठूलो दलको हैसियतले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको बताए। बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको पनि उनले जानकारी दिए।

प्रकाशित: Jul 03, 2023| 19:20 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्