सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आँप चिह्नबाट चुनाव लडेर ६ मत ल्याएका दिपेन्द्र तरुण दलको केन्द्रीय सदस्य

आँप चिह्नबाट चुनाव लडेर ६ मत ल्याएका दिपेन्द्र तरुण दलको केन्द्रीय सदस्य

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलमा स्वतन्त्र चुनाव लडेर जमानत जफत भएका एक जना नियुक्त भएका छन्। तरूण दलको केन्द्रीय तदर्थ समितिले पूर्णता पाउँदा बाराका दिपेन्द्र केशरी पनि परेका हुन्।
मधेश प्रदेशबाट उनी ११४ ‌औं नम्बरमा नियुक्त भएका छन्।

National life

दिपेन्द्र त्यही व्यक्ति हुन् जो पछिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र चुनाव लडेका थिए। आँप चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका दिपेन्द्रले ६ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ। उनी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ बाट वडाध्यक्ष लडेका थिए। सो वडामा नेपाली कांग्रेसका चोकट महतो धानुक ७८० मत ल्याएर निर्वाचित भएका थिए। 

लामो समयदेखि अध्यक्षको भरमा मात्रै रहेको नेपाल तरुण दलमा नेताहरुको गोजीबाट नपठाएर संगठनको मर्म नै नबुझ्‍नेहरुलाई केन्द्रीय सदस्य बनाएको भन्दै चर्को विरोध भइरहेको छ। नेपाल तरुणको केन्द्रीय समिति ४०० सदस्यीय बनाइएको छ। यसमा थप १५० केन्द्रीय सदस्य थप गर्ने तयारी भइरहेको छ। 

नेपाल तरुण दल कैलालीका नेताहरु भने केन्द्रीय समितिमा मनोनीत गर्दा एकलौटी र मनोमानी गरेको, तरुण दलमै नरहेकाहरूलाई मनोनीत गरेको भन्दै रिले अनसन सुरु गरेका छन्। 

तरुण दलको मानमर्दन हुने गरी विधानविपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तदर्थ समितिलाई यथाशीघ्र पुनर्गठनको मागसहित रिले अनसन सुरू गरेको नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले बताएका हुन्।

आन्दोलन, चुनाव तथा संघर्षमा आफूहरूलाई सम्झने र समिति गठन गरिँदा बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

356939406_995686234894030_7344719224334193828_n1688389715.png

 

प्रकाशित: Jul 03, 2023| 18:52 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्