सोमबार, वैशाख २८, २०८३

कोशी सरकारको नेतृत्व कांग्रेसलाई दिने गठबन्धनको निर्णय

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ। सोमबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको हो।

National life

बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन्। खापुङले नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार दुई दल वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका छन्।

यसैगरी बैठकले जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति गरेको छ। जनमतका अध्यक्ष सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको बताइएको छ।

 

प्रकाशित: Jul 03, 2023| 18:09 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्