शनिबार, साउन २, २०८३

कम्युनिस्ट सम्मेलनमा भाग लिन श्रीलंका उडे माधव नेपाल

नेता नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष मनाउन श्रीलंका उडेका हुन्।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष मनाउन श्रीलंका उडेका छन्।

श्रीलंकन कम्युनिस्ट पार्टी स्थापना अवसर, दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका भ्रमणमा निस्किएको नेकपा एसले जानकारी दिएको हो।

अध्यक्ष नेपाल श्रीलंका गएपछि नेकपा एसको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन्।

प्रकाशित: Jul 03, 2023| 14:19 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्