सोमबार, वैशाख २८, २०८३

आगामी सेप्टेम्बरमा चीन भ्रमणमा निस्कँदै प्रधानमन्त्री प्रचण्ड 

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे मिति तोकिदिएका हुन्।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी सेप्टेम्बरमा चीन भ्रमण हुन सक्ने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

National life

सोमबार प्रेस युनियन कैलालीको अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे मिति तोकिदिएका हुन्।

गत १० पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको गत जेठमा पहिलो विदेश भ्रमण  भारतमा भएको थियो। प्रधानमन्त्री प्रचण्ड दक्षिण भारतपछि उत्तरी छिमेकको चीन भ्रमणमा जान लागेका हुन्। 

‘सेप्टेम्बरमा तय भएको प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण र सार्थक हुनेछ। छिमेकी चीन र भारतबाट नेपालले प्रतिफल लिन सक्नुपर्छ’, मन्त्री साउदले भने। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले चीन भ्रमणको तयारी भइरहे पनि मिति टुंगो लागिनसकेको बताए।

प्रकाशित: Jul 03, 2023| 13:43 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्