शनिबार, साउन २, २०८३

गिरिजाबाबु वचनका पक्काः शशांक कोइराला

जे बोल्यो, त्यसलाई पूरा गरेरै छाड्ने अठोट लिएकै कारण गिरिजाबाबुजस्ता निर्णय क्षमताका नेता भेट्याउन मुस्किल हुने गरेको शशांकको धारणा।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– कांग्रेस सांसद एवं बीपीपुत्र डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने बताएका छन्। जे बोल्नुहुन्थ्यो, त्यसलाई पूरा गरेरै छाड्ने अठोट लिएकै कारण गिरिजाबाबुजस्ता निर्णय क्षमताका नेता भेट्याउन मुस्किल हुने गरेको उनले दाबी गरे।

गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी पूर्वमहामन्त्रीसमेत शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेरै छाड्नुहुन्थ्यो।’ 

गिरिजाबाबुकै कारण दोस्रो जनआन्दोलन सफल भएको शशांकले जिकिर गरे। उनले भने, ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भएको हो।’

प्रकाशित: Jul 03, 2023| 12:38 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्