सोमबार, वैशाख २८, २०८३

जन्मदिनमा सम्झिइँदै गिरिजाप्रसाद कोइराला

मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका स्व. कोइरालालाई प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मानिने गरेको छ।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– स्व.कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। १८ असार १९८१ मा जन्मिएका कोइरालाको ६ चैत २०६६ मा निधन भएको थियो। 

National life

स्व. गिरिजाप्रसादको जन्मदिन अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन्।

कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका वहन गरेका थिए।

मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका स्व. कोइरालालाई प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मानिने गरेको छ। स्व. कोइरालाकै अगुवाइमा नेपालमा २२६ वर्षको राजतन्त्र विस्थापन भई गणतन्त्र स्थापना भएको थियो।

माओवादीलाई मूलधारमा ल्याएका स्व. कोइरालाले २०६३ पछिको अन्तरिम संविधानमा तत्कालीन राजा ज्ञानेन्द्रका सबै अधिकार संसद् मातहत ल्याइएपछि केही समय राष्ट्राध्यक्षको समेत जिम्मेवारी वहन गरेका थिए।

प्रकाशित: Jul 03, 2023| 10:45 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्