सोमबार, वैशाख २८, २०८३

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दै

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

बागमती- बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे प्रदेश सभा भवन हेटौडामा बस्ने छ।

National life

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ। तर, प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आएकाले यसअघिका लागि तय भएका बैठक समेत बस्न सकेका छैनन्।

यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो।हिजो पनि २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भए पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक स्थगित भएको थियो।

एमालेले हिजो नै पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने बताएको छ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा सरकार रहे पनि बैठक सुचारू हुनेमा अन्योलता छ। गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन।

प्रकाशित: Jul 03, 2023| 10:03 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्