सोमबार, वैशाख २८, २०८३

आज बस्ने राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल हुने  

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ।

National life

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

यसैगरी, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Jul 03, 2023| 09:33 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्