सोमबार, वैशाख २८, २०८३

एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

लुम्बिनी- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ।

National life

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै बजेटका विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए। बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमानमाथि बोल्न समय दिएलगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका थिए।

एमाले सासंदहरुले संसदीय मर्यादा कायम गर्न र प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नाराबाजी गरेका थिए। प्रमुख प्रतिपक्षको नाराबाजी पछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गर्नुपरेको थियो।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको विषयमा आपत्ति जनाउदै विरोध जनाएका थिए। प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफूहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ।

प्रकाशित: Jul 02, 2023| 17:46 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्