बिहीबार, असार ४, २०८३

एमालेको नाराबाजीका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०
National life
Shivam cement

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। एमालेले बजेटबारे सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको हो।

आजको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरेका छन्। मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए। अवरोधका कारण स्थगित भएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। यसअघि पनि असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन।

एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेपछि प्रदेशसभामा बजेटले प्रवेश नै पाएको छैन। एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ट दुई अर्ब बजेट छुट्याएको, प्रदेश विना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफूअनुकूलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै त्यसको कारण माग गरेको छ।

प्रकाशित: Jul 02, 2023| 17:10 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्