मंगलबार, जेठ २६, २०८३

सल्यानका दम्पती दाङमा मृत फेला, हत्यापछि आत्महत्याको आशंका

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

सल्यानका एक दम्पती दाङको तुलसीपुरमा मृत अवस्थामा फेला परेका छन्। श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

National life

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरूको चार महिनाअघि मात्रै बिहे भएको थियो। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार बिहान कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको थियो। पवित्राको टाउको, नाक, मुखमा सामान्य चोटपटक देखिनुले सुशीलले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ।

श्रीमानको सुसाइड नोट पनि फेला परेको छ। त्यसमा पनि उनले श्रीमतीले सधैँ किचकिच गरेको हुँदा घटना भएको उल्लेख छ। दुवैको शव पोस्टमर्टमका लागि पठाइएको छ। रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिने प्रहरीले बताएको छ।

सुशीलको स्थायी ठेगाना सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलाबाङ हो। सुशील र पवित्रा झन्डै डेढ महिनादेखि तुलसीपुरमा डेरा गरी बस्दै आएका थिए। उनीहरू तुलसीपुरमै ज्याला मजदुरी गर्थे।

Shivam cement

शनिबार बिहान ढोका नखुलेपछि भित्रबाट बन्द गरिएको कोठाबारे घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए।
 

प्रकाशित: Oct 07, 2023| 20:33 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्