बुधबार, मंसिर २४, २०८२

वास्तुदोष के हो र कसरी हटाउने ?

 |  आइतबार, असार १७, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, असार १७, २०८०

घरमा वा घर बाहिर धेरै प्रकारका वास्तु दोष हुने गर्दछ। वास्तु दोषका कारण धेरै प्रकारका रोग वा दुःखहरू उत्पन्न हुन्छन्। वास्तु दोषका कारण तपाईको जिवनमा विभिन्न समस्याहरु परिरहेको हुनसक्छ। घरमा भएको वास्तु दोष भएमा घर निम्न उपायहरु अपनाउनुहोस्।

National life

– यदि तपाइँ घरमा नकारात्मक ऊर्जा भएको महसुस गर्नुहुन्छ भने,  यो उपायले केही दिनमै घरबाट नकारात्मक ऊर्जा हटेको थाहा पाउनुहुनेछ। साथै घर र वरपरको नकारात्मक ऊर्जालाई हटाउनका लागि घरमा पोछा लगाउँदा पानीमा नुन वा फिटकरीको केही भाग मिसाएर राख्ने। नुन र फिटकरीले नकारात्मक शक्ति तुरुन्तै भगाउँछ भन्ने वास्तुमा विश्वास छ।

– वास्तुशास्त्रका अनुसार कुनै पनि घरमा सकारात्मक ऊर्जा प्रवेश गर्नको लागि घरमा पर्याप्त प्रकाश हुनु आवश्यक हुन्छ। घरको उत्तर (पश्चिम) दिशालाई वायुकोण भनिन्छ। वायुकोणमा वायुदेवताले आसन गर्ने गर्दछ। यदि हावाको दिशा सफा – स्वच्छ र उज्यालोले भरिएको छ भने घरका सबै दोष समाप्त हुन्छन्। साथै हरेक साँझ घरमा दियो बाल्न सक्नुहुनेछ। यसले गर्दा पनि वास्तुदोष हटेर जानेछ।

– वास्तु दोष हटाउने सबैभन्दा सजिलो उपाय घरको मुख्य ढोकामा चन्दनले स्वस्तिक चिन्ह लगाउँदा त्यस घरको वास्तु दोष हट्छ। हिन्दू धर्ममा स्वस्तिक चिन्हलाई धेरै शुभ र लाभदायक मानिन्छ। स्वस्तिक चिन्ह निश्चित रूपमा सबै प्रकारका पूजा र धार्मिक अनुष्ठानहरूमा गरिन्छ। जुन घरको मुख्य ढोकामा स्वस्तिक चिन्ह बनाइन्छ, त्यहाँ सधैं सकारात्मक ऊर्जा रहने विश्वास गरिन्छ।

– घरमा सकारात्मक उर्जा प्रवेश गर्ने उत्तम र सजिलो माध्यम घरको मुख्य प्रवेशद्वार हो। यदि घरमा कुनै प्रकारको वास्तु सम्बन्धी दोष छ भने घरमा समस्या र रोगले घेर्छ। घरको मुख्य प्रवेशद्वारबाट सबैभन्दा पहिले सकारात्मक उर्जा प्रवेश गर्छ। यदि घरमा कुनै वास्तु दोष छ भने हरेक साँझ घरको मुख्य ढोकामा दियो बाल्दा त्यस घरको वास्तु दोष हट्छ। आर्थिक अवस्था राम्रो छैन भने राति घरको मुख्य ढोकामा भाँडोमा पानी हाल्ने र बिहान उठेपछि यो पानी घर बाहिर फाल्ने। यसले आर्थिक अवस्था पनि सुधार गर्छ।

Laxmi sunrise bank
kumari

– घरको दक्षिण–पश्चिम भागमा हरेक साँझ दियो बाल्दा घरको वास्तु दोष समाप्त हुन्छ।

–यदि बाथरुम र शौचालय सँगै छन् भने यसले भयानक वास्तु दोष पैदा गर्छ। यसका लागि सबैभन्दा पहिले यसलाई सधैं सफा राख्नुपर्छ। नीलो रंगको मग र बाल्टिन मात्र राख्नुहोस्। एउटा कचौरालाई सधैं नुनले भरेर बाथरूम–शौचालयको कुनामा राख्नुहोस्। यदि भूलवश तपाईको शौचालय पूर्वोत्तरमा बनेको छ भने यसले ठूलो हानि र अशान्तिको कारण बन्न सक्छ। प्राथमिक उपचारको रूपमा बाहिर सिंहको शिकार गरेको चित्र राख्नुहोस्।

–तपाईको सुत्ने कोठा दक्षिण–पश्चिम दिशामा हुनुपर्छ वा उत्तर दिशा पनि राम्रो हुन्छ। तर बेडरूम अग्नि कोणमा छ भने, पूर्व–मध्य भित्तामा शान्त समुद्रको चित्र राख्नु पर्छ। शिर सधैं पूर्व वा दक्षिण दिशामा राख्नुपर्छ।

–यदि पूर्वोत्तर दिशामा कुनै प्रकारको दोष छ भने, तपाईंले यो दिशालाई खाली गर्नुहोस् र यस दिशामा काँसाको भाँडोमा पानी राख्नुहोस् वा तुलसीको बोट राख्नुहोस् र नियमित रूपमा पानी दिनुहोस्। पीतलको भाँडोको पानी नियमित रूपमा परिवर्तन गर्नुहोस्।

–घर सुन्दर बनाउनुहोस्स् घरमा कुनै प्रकारको वास्तु दोष छ भने घरलाई स्वस्तिक चिन्ह, मन्डारिन र बोटबिरुवाले सजाउनुहोस्। पहेंलो, गुलाबी र हल्का नीलो प्रयोग गर्नुहोस्। फलामको हतियार, ओछ्यान, फ्रिज आदि भारी वस्तुहरू दक्षिण दिशामा राख्नुहोस्। घरका वस्तुहरूको स्थान परिवर्तन गरेर पनि वास्तु दोषहरू सुधार गर्न सकिन्छ।

प्रकाशित: Jul 02, 2023| 19:07 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्