बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुससम्म थप १ लाख ९३ हजार नेपालीमा कोरोना संक्रमण हुने प्रक्षेपण

पुससम्म थप १ लाख ९३ हजार नेपालीमा कोरोना संक्रमण हुने प्रक्षेपण

सरकारले आगामी पाँच महिना (पुससम्म) मा थप १ लाख ९३ हजार व्यक्तिमा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको छ। तीमध्ये करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– सरकारले आगामी पाँच महिना (पुससम्म) मा थप १ लाख ९३ हजार व्यक्तिमा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको छ। तीमध्ये करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। 

प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वका विषयमा बिहीबार बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो प्रक्षेपण गरिएको बताए। उनले भने, ‘विगत एक साताको कोभिडको आँकडा हेर्दा फेरि कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ।’ 

राज्यमन्त्री श्रेष्ठले कोभिड १९ संक्रमणदर बढेकाले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे। हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १९ पुगेको छ। 

देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ। संक्रमणदर २५ प्रतिशत हाराहारीमा छ। कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भएको छ। संक्रमणबाट १० हजार १ सय ८० जनाको ज्यान गएको छ। 

सरकारले हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण गरिएको जनाएको छ। यस्तै कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन्। औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ।

राज्यमन्त्री श्रेष्ठले श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताएका छन्। उनले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिए। उनले असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मसान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए। माघसम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुने पनि उनको भनाइ छ। 


प्रकाशित: Aug 12, 2021| 16:53 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।