शनिबार, साउन २, २०८३

उपसभामुख रानाले सुनाइन् सिंगापुर भ्रमणको अनुभव

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं- उपसभामुख इन्दिरा रानामगरले आफूले केही समयअघि सिंगापुरको संसद् भवनमा गरेको भ्रमणको अनुभव सुनाएकी छन्। ६५ औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले त्यहाँको संसद्‍मा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखिएको सुनाइन्।

‘अस्ति म सिंगापुर गएको थिएँ डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो, अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उनले भनिन्, 'तर नेपालमा त्यस्तो भएन। हामीमा खै त त्यस्तो?'

प्रकाशित: Jul 01, 2023| 18:33 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्