बिहीबार, वैशाख २०, २०८१

घरमा वास्तुदोष हटाएर उर्जा बढाउन के गर्ने ?

 |  शनिबार, असार १६, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, असार १६, २०८०

घरमा सुख र शान्ति कायम गर्न घरको वातावरण सकारात्मक रहनु महत्वपूर्ण छ। जुन घरमा वास्तु दोष हुन्छ त्यहाँ नकारात्मकता बढी हुन्छ। वास्तु दोषका कारण घरमा बस्ने मानिसहरूका विचारहरू नकारात्मक हुन सक्छ। मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ। यहाँ केहि विशेष चीजहरू घरमा राखेर वास्तु दोषहरू हटाउन सकिने विषयका बारेमा चर्चा गरिनेछ।

triton college

लाफिङ बुद्ध
लाफिङ बुद्धको मूर्ति ड्रइङ रुममा राख्नुपर्छ। मूर्तिको मुख मुख्य ढोका अगाडि राख्नुहोस्। ध्यान दिनुहोस् यस्ता मूर्तिहरूलाई भान्साघर वा बिममा राख्नु हुँदैन। लाफिङ बुद्धको मूर्ति अलि अग्लो ठाउँमा राख्नुहोस्। समय समयमा मूर्तिको सर सफाइ गरिरहनुपर्छ।
 
विंड च्याम्प
विंड च्याम्प काठ, फलाम र विभिन्न धातुबाट बनेको हुन्छ। घरको पश्चिमी र उत्तरी भागहरूमा झुण्ड्याउन धातुबाट बनेका विंड च्याम्प उत्तम हुन्छ। जबकी पूर्व र दक्षिण दिशाको लागि काठ र माटोले बनेको विंड च्याम्पहरु सर्वोत्तम हुन्छ।

रातो रिवनमा बाँधिएको सिक्का
बास्तुको रातो रिवनमा बाँधिएको ३,५ पीत्तलको सिक्का सजिलैसँग बजारमा पाइन्छ। यी सिक्का वरपर सकारात्मकता रहन्छ। रातो रिवनमा बाँधिएको तीनवटा सिक्का घरको मूल ढोकामा भित्रपट्टि झुन्डिएको हुनुपर्छ। बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ। यसले घरको वास्तु दोष हटाउँदछ।

मनी प्लान्ट
हराभरा मनी प्लान्ट शुभ हुन्छ। यसको पातहरू ओइलाउनु, फीका, पहेंलो वा सेतो हुनु अशुभ मानिन्छ। यसैले यसको नराम्रा पातहरू तुरून्त हटाउनु पर्दछ। बिरुवाहरुको राम्रोसँग मर्मत गर्नुपर्छ। मनी प्लान्ट पनि घरमा राख्न सकिन्छ। पानीमा मनी प्लान्ट राख्नु अझै राम्रो हुन्छ। यसको पानी समय समयमा परिवर्तन गर्नुपर्दछ।

ब्याम्बो प्लान्ट
बाँस अर्थात ब्याम्बो प्लान्ट पनि बास्तु शास्त्रमा शुभ मानिन्छ। भनिन्छ जसरी ब्याम्बो अर्थात बाँस कैयौं समस्याहरूको सामना गर्दा पनि सिधा उभिन्छ, त्यस्तै गरी, जीवनमा कहिल्यै पनि डराएर झुक्नु हुँदैन। यस बोटलाई रातो धागो वा रिवनले बाँधेर सिसाको भाँडोमा राख्दा ज्यादा लाभ हुन्छ। यसले सौभाग्य र राम्रो परिणाम प्राप्ति हुन्छ। यसलाई घरको दक्षिणपूर्वी कुनामा राख्दा धनको प्राप्ति हुन्छ। प्रेम र विवाहका लागि, दीर्घजीवन, स्वास्थ्य, शिक्षा करियर, सम्पन्नता र समृद्धि हासिल गर्नका लागि यो उत्तम मानिन्छ।

corrent noodles
Metro Mart

अण्डाकार घडी
घरको पश्चिम दिशामा अण्डाकार घडी राख्नुपर्छ। यसले घरमा भएका बास्तु दोषहरु ठिक गराउँछ। बास्तु शास्त्रका अनुसार यो दिशामा घडी राख्दा नयाँ बाटाहरु पहिल्याउँन सजिलो हुन्छ। याद राख्नुहोस् सदैव आँखाको अगाडि नै घडी राख्नुहोस् र ब्याट्री सकिएपछि ब्याट्री परिवर्तन गर्न धेरै समय नलगाउनुहोस् , बन्द भएको घडी राख्दा घरमा नकारात्मक शक्ति आउँछ।

सुनौलो माछा
घरमा सुनौला माछा राख्दा सौभाग्य बढ्नुका साथै धन, मान, सम्मानमा समेत वृद्धि गर्दछ। तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा राख्नुहुँदैन।

ड्रागनको जोडी
हरियो ड्रैगनले पूर्व दिशाको प्रतिनिधित्व गर्दछ। हरियो ड्रैगन पावरफुल शक्ति हो, जुन पुरुष हो र यो घरको देब्रे भागमा वा पूर्व दिशामा अवस्थित हुनु श्रेयस्कर मानिन्छ। सेतो बाघ उसको साथी हो, जुन शक्ति महिला हो र यसलाई घरको दाहिनेतिर अर्थात पश्चिम दिशामा राख्नु राम्रो मानिन्छ, ड्रैगनको जोडी भनेको समृद्धिको प्रतिक हो। यसको सबैभन्दा बढी उर्जा खुट्टाको पञ्जामा हुन्छ। यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ। यसलाई पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिकसमेत मानिन्छ। यसमा अपार शक्ति हुन्छ। ड्रैगनले चारै दिशाबाट रक्षा गर्दछ।

कामधेनु शंख
समुद्र मन्थनको समयमा देवता राक्षस संघर्षको क्रममा १४ अनमोल बहुमूल्य रत्नहरू समुद्रबाट प्राप्त भएका थिए। जसमा आठौं रत्नको रूपमा शंखको जन्म भएको थियो। प्राकृतिकरूपमा धेरै प्रकारका शंखहरु हुन्छन्। कामधेनु शंखको पूजाले तर्कशक्तिलाई सुदृढ बनाउँछ। यो शंख घरमा राख्दा मन प्रसन्न हुन्छ। पौराणिक शास्त्रहरुका अनुसार यसको प्रयोग गरेर धन र समृद्धि स्थायीरुपमा बढाउन सकिन्छ। यो शंख घरमा राख्दा सबै प्रकारका चाहनाहरू पनि पूरा हुन्छन्।

हात्ती
वास्तु, ज्योतिषमा हात्तीलाई धेरै नै शुभ मानिन्छ। धर्मशास्त्रमा हात्तीलाई विघ्नहर्ता गणपति र धनको देवी लक्ष्मीसँग तुलना गरिन्छ। यसले व्यवसायमा फाइदा पनि दिन्छ। बेडरुममा पित्तलको हात्तीलाई वा हात्तीको ठूलो चित्र राख्दा श्रीमान् श्रीमतीबीचको मतभेद अन्त्य हुन्छ। यदि पित्तलको हात्तीलाई बैठक कोठामा राखियो भने यसले शान्ति र समृद्धि ल्याउँछ।

यसले जीवनको हरेक क्षेत्रमा सफलता दिन्छ। घरको उत्तर दिशामा चाँदीले बनेको हात्ती राख्नु वास्तुकलाको दृष्टिकोणबाट शुभ मानिन्छ। यो ऐश्वर्यको प्रतीक पनि हो। यसरी घरमा हात्तीको मूर्ति वा तस्वीर राख्नु सकारात्मक ऊर्जाको स्रोत हो। जुन हात्ती जसको तस्वीर वा मूर्तिमा यसको सुँड झुकेको छ भने त्यसलाई बस्ने ठाउँमा राख्नु पर्छ। यसले घरमा सुख र शान्ति बढाउँदछ। यदि हात्तीको सुँडमाथि उठेको छ भने यसले उन्नति गराउँछ, धन, सम्पतिमा वृद्धि हुन्छ

प्रकाशित: Jul 01, 2023| 19:07 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्