सोमबार, वैशाख २८, २०८३

सरकारको काम गराइप्रति माधव नेपाल असन्तुष्ट

भ्रष्टाचार अन्त्य, सुशासन प्रत्याभूत, जनसेवा प्रवाहमा सरकार कमजोर देखिएका नेता नेपालको दाबी।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

National life

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम गराइ जनचाहनाअनुरुप हुन नसकेको बताएका छन्।

शनिबार ६५औं संसद दिवस अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भ्रष्टाचार अन्त्य, सुशासन प्रत्याभूत, जनसेवा प्रवाहमा सरकार कमजोर देखिएका बताएका हुन्।

उनले सरकारको काम गराइलाई गति दिन जनताको प्रतिनिधिका नाताले सांसदले दबाब बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ। जनताले अपेक्षा गरेबमोजिम विकासले गति लिन सकेको छैन।’

प्रकाशित: Jul 01, 2023| 16:05 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्