सोमबार, वैशाख २८, २०८३

गगन थापाको कटाक्ष–सत्तालाई सर्वोपरि ठान्दा कांग्रेसको बदनाम

सत्ताका लागि १० सिटे नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाइदिन बुइँ चढ्ने र भ्रष्टाचारमा लिप्तलाई काखी च्याप्ने प्रवृत्तिकै कारण कांग्रेस जनताको नजरबाट गिर्दै गएको महामन्त्री थापाको गुनासो।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीभित्र चुनाव जित्ने र सरकारमा सहभागी हुने विषय प्राथमिकतामा परेकै कारण जनताप्रतिको भरोसा गुम्न थालेको बताएका छन्।

National life

कांग्रेसले सरकारका लागि जे पनि गर्छ, भ्रष्टाचारमा लिप्त मान्छेलाई मात्रै संरक्षण गर्छ, राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेकेर बचाउँछ भन्नेमा पनि जनताले विश्वास गर्न छाडेको उनले दाबी गरे।

शनिबार कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सहभागी महामन्त्री थापाले पार्टीको पहिचान सत्ताका लागि जे पनि गर्ने बनेको बताएका हुन्।

उनले भने, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने बनेको छ। १० सिटे पार्टी नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइँमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौं भन्ने अवस्थामा पुगेको छ। सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो। अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ।’

महामन्त्री थापाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरेर यसो भनेका हुन्। उनले भने, जनता नेता र दलसँग रिसाउनुको कारण पनि सत्ता नै हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भइरहेको कांग्रेसलाई नागरिकले सरकारमा सहभागी हुनका लागि मात्रै निर्वाचनमा गएजस्तो गरी हेरिरहेका छन्।’

प्रकाशित: Jul 01, 2023| 15:13 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्