सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका हुन्। 
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं– सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सहभागी हुन शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रिय समन्वय परिषद् बैठकको अध्यक्षता गरे।

National life

पोखरामै रहेका प्रधानमन्त्री प्रचण्डको ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई थप फराकिलो बनाइने बताएका छन्। सत्तारुढ नेकपा माओवादी निकट प्रेस सेन्टरले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

उनले भने, ‘बजेट पारित भएपछि अब भिन्न ढंगले काम सुरु गरेका छौं, जुन विशिष्ट प्रकृतिको छ। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण। यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। कहीँकतै रोकिँदैन। अनुसन्धानलाई निचोडमा लग्ने हो।’ 

उनले प्रहरीले गरिरहेको भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई सरकारले आवश्यक निर्देशन दिइरहेकाले निरन्तर अगाडि जाने दाबी गरे। 

अर्थतन्त्र धराशयी नै हुन्छ कि भन्ने डर हटेर विस्तारै लयमा फर्किएको उनको भनाइ छ। आफ्नो भारत भ्रमणका बेला भएको पारवहन सन्धि पुनरवलोकन, विद्युत् व्यापार सम्झौता र १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात समझदारी गरेर आउने पुस्ताले सम्झिरहने काम गरेको उनको दाबी छ।

‘छिट्टै चीन भ्रमणमा जान तयारी भइरहेको छ। त्यहाँ पनि एयररुटका बारे कुरा गर्छु। गठबन्धन सरकार पाँचै वर्ष चल्छ। कसैले हल्लाएर हल्लिँदैन’, प्रचण्डले भने।

प्रकाशित: Jul 01, 2023| 14:38 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्