सोमबार, वैशाख २८, २०८३

पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक

ऐन कार्यान्वयनमा आएको चार वर्षपछि पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक बसेको हो।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद् बैठक पोखरामा बसेको छ। प्रधानमन्त्री अध्यक्षता हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृहसहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसहित सात सदस्य रहने प्रावधान छ।

National life

परिषद्मा प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको संघीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ।

१३ साउन २०७७ मा तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन।

संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकारसम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक आयोजना गरिएको हो।

तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा आइसकेको छ। सोही ऐनबमोजिम आज पहिलो बैठक बसेको हो। 

प्रकाशित: Jul 01, 2023| 11:56 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्