सोमबार, वैशाख २८, २०८३

एमालेसँग नयाँ गठबन्धनमा जोडिने खबर असत्यः अर्थमन्त्री महत

कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा भ्रम मात्रै रहेको मन्त्री महतको दाबी।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं– कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने तयारी भइरहेको विषयमा बाहिरिएका हल्ला असत्य भएको दाबी गरेका छन्।

National life

पोखरामा रहेका मन्त्री महतले प्रेस युनियन कास्की शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा असत्य रहेको बताएका हुन्। 

उनले भने, ‘यो सब  भ्रम हो। संसद्मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नुहुँदैन। गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। कांग्रेसलाई अहले नै हतारिनु छैन।’

महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय सिर्जनामा सहयोग पुग्ने दाबी गरे। ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ। त्यसका लागि बाटो तय भएको छ,’ उनले भने।

प्रकाशित: Jul 01, 2023| 11:32 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्