सोमबार, वैशाख २८, २०८३

छुट्टिएका माओवादीबीच पुनर्मिलन हुँदै छः प्रधानमन्त्री प्रचण्ड

एकताका लागि पूर्वमाओवादी शक्तिबीच अन्तिम वार्तालाप भइरहेको प्रधानमन्त्री प्रचण्डको खुलासा।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं– जनयुद्धका बेला एकै ठाउँ भएका र शान्ति प्रक्रियापछि सत्ता आरोहणका क्रममा तत्कालीन माओवादीबाट टुक्रिएकाबीच पुनः एकताको पहल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

National life

शनिबार पोखरामा पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिबीच अन्तिम वार्तालाप भइरहेको जानकारी दिएका हुन्।

माओवादी कमजोर भए अहिलेसम्मका परिवर्तन  बिथोलिन हुँदा पूर्वमाओवादीबीच एकता गरिहाल्नुपर्ने धारणा माओवादी केन्द्राध्यक्षसमेत रहेका प्रचण्डले सुनाए।

‘माओवादी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डंगुर थुपारेकाले  त्यसलाई सफा नगरी देश बन्न सक्ने अवस्था छैन। सबै माओवादी मिलेर प्रतिक्रियावादीलाई जवाफ दिन सक्नुपर्छ,’ उनले भने।

समाजवादी मोर्चा संयोजक रहेका प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार निर्माणका लागि काम गरिने बताए। 

प्रकाशित: Jul 01, 2023| 10:48 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्