शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

छेन्दु- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन्।

सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौंमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु–ल्हासा–काठमाडौं उडान थियो, अहिले छेन्दुबाट काठमाडौं सिधा उडान भएको छ। छेन्दु–काठमाडौंको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीको सम्बन्ध थप प्रगाढ हुन्छ।’

नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाई सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए। ‘नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्रयाउन हवाई सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ’, उनले भने। 

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गरे। उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए।   -रासस
 

Metro Mart

प्रकाशित: Jun 30, 2023| 21:20 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्