बुधबार, वैशाख ९, २०८३

वास्तुका हिसाबले कस्तो रङ लगाउने घरमा ?

 |  शुक्रबार, असार १५, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, असार १५, २०८०

घरवास्तु मिलाउनु भनेको पञ्चतत्वको सन्तुलन कायम राख्नु हो। वास्तु सन्तुलन कायम राख्न उचित दिशामा उचित रङको समायोजन गर्नुपर्छ।

National life

ज्योतिष शास्त्रका अनुसार घरको उत्तर दिशा भनेको जलको क्षेत्र हो। त्यसैले यो दिशामा निलो रङ प्रयोग गर्नुपर्छ। निलो रङ प्रयोग गर्दा उत्तर दिशाको वास्तु दोष निवारण हुन्छ।  त्यस्तै, पूर्वमा हरियो रङ प्रयोग गर्नु लाभकारी हुन्छ। यसले सामाजिक सद्भाव तथा व्यवसाय राम्रो बनाउने गर्दछ।

पूर्व दक्षिण र दक्षिणमा रातो रङ प्रयोग गर्दा घरको आर्थिक समस्या समाधान गर्न सहयोग हुन्छ। दक्षिण पश्चिममा पहेलो रङ लगाउनु राम्रो हुन्छ। यो स्थानमा पृथ्वी तत्व हुन्छ। घरको मूल आधार क्षेत्र रहेको यो स्थानलाई पितृ स्थान पनि भन्ने गरिन्छ। यहाँ सन्तुलन भएमा अन्य क्षेत्रमा भएका धेरै समस्या समाधान हुन्छ। अन्य क्षेत्रको दोष पनि यहाँबाट निवारण गर्न सकिन्छ।

पश्चिम दिशामा सेतो रङ लगाउँदा आम्दानी बचत हुन्छ। यसका साथै यसबाट बच्चाहरुको शैक्षिक आम्दानी पनि राम्रो हुन्छ। उत्तर पश्चिममा पनि पहेंलो रङ लगाउनु पर्छ। यसरी रङ मिलाउँदा एउटाले अर्कोलाई सहयोग गर्दै वास्तु दोष निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

घरमा रङको सन्तुलन मिलाएमा जति फाइदा हुन्छ, त्यति नै बेफाइदा रङको सन्तुलन नमिलेमा हुनसक्छ।

kumari

 

प्रकाशित: Jun 30, 2023| 19:07 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्