सोमबार, जेठ २६, २०८२

विवेकशील साझाको मुख्यालयमा टाँसियो ग्रेटर नेपालको नक्सा

सुगौली सन्धि अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर विवेकशीलले पार्टी मुख्यालयमा नक्सा टाँसेको हो।
 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं– विवेकशील साझा पार्टीले नेपालको सांस्कृतिक मानचित्र (ग्रेटर नेपालको नक्सा) सार्वजनिक गर्दै मुख्यालयमा टाँस गरेको छ। शुक्रबार ललितपुरको बखुन्डोलस्थित पार्टी मुख्यालमा ग्रेटर नेपालको नक्सा राखिएको विवेकशील साझाले जानकारी दिएको हो। 

नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानस्वरुप पार्टी कार्यालयमा नयाँ नक्सा टाँसिएको पार्टी प्रवक्ता आशुतोष प्रधानले बताए। सुगौली सन्धि अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको छ।

मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्त्वका सम्पदा समेटिएको पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

भारतले नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनीलगायत नेपालका जग्गाजमिन समेटेर ‘अखण्ड भारत’को नयाँ नक्सा राखेपछि नेपालमा पनि ग्रेटर नेपालको नक्सा राख्ने बढ्दै गएका छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत अतिक्रमित भूमि छाड्न विवेकशीलले भारतलाई आग्रह गरेको छ।

प्रकाशित: Jun 30, 2023| 16:30 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्