सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पोखरामा हुँदै सातै प्रदेशका मुख्यमन्त्रीको जमघट, अधिकार नखुम्च्याउन खबरदारी

पोखरामा हुँदै सातै प्रदेशका मुख्यमन्त्रीको जमघट, अधिकार नखुम्च्याउन खबरदारी

संघीय सरकारले प्रदेशका अधिकारमाथि अंकुश लगाइरहेको गुनासो गरिरहेका प्रदेश मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर माग्नेछन् आफ्ना अधिकार।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुँदै छ। 

National life

प्रदेशलाई संविधानमै लिपिबद्ध अधिकार दिन संघीय सरकारले आनाकानी गरिरहेको आरोप लगाइरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेको हो।

भेला उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगका असमझदारी हटाउनेबारे छलफल गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले बताइन्। 

भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुनेछ। 

मुख्यमन्त्रीको भेला दोस्रो पटक हुन लागेको हो। यसअघि २१–२२ २०७५ भदौमा गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलो पटक मुख्यमन्त्रीको भेला भएको थियो।

भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो। यसअघि मुख्यमन्त्रीको भेला १० जेठमा गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगन गरिएको थियो।

प्रकाशित: Jun 30, 2023| 10:58 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्