सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

National life

छेन्दु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन्। 

पाँचदिने चीन भ्रमणमा रहेका उनले बिहीबार उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन्। सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए।  

चीनले पाण्डालाई उचित महत्त्व दिँदै संरक्षण गरिरहेको छ। सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन्। पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन्। केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ। 

प्रकाशित: Jun 29, 2023| 20:40 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्