सोमबार, वैशाख २८, २०८३

देशभरका तरुणहरुको मानमर्दन गरेको भन्दै धनगढीमा रिले अनसन सुरु

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बिहीबार तदर्थ समिति गठन गरेपछि देशभर विरोध भइरहेको छ। कैलालीको धनगढीमा त यसको विरोधमा दबाबमुलक अनसन सुरु भएको जनाइएको छ। 

धनगढीका तरुणहरुले आम तरुणको मानमर्दन हुने गरी विधान विपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा तदर्थ समिति गठन गरेको विरोधमा नेपाली कांग्रेसमा आबद्ध युवाहरुले अनसन सुरु गरेका तरुण दिपेन्द्र बमले बताएका छन्।  

कैलालीको नेपाली कांग्रेस पार्टी कार्यालय अगाडि उनीहरुले रिले अनसन सुरु गरेका हुन्। ती युवाहरुले उक्त समिति पुनर्गठन गर्न माग गरेका छन्। सूचनामा भनिएको छ, 'नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा २०८०/०३/१३ गतेका दिन आम तरुणहरुको मानमर्दन हुने गरी विधान विपरित विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तर्दथ समितिलाई यथाशीघ्र पुर्न:गठनको निमित्त नेपाली कांग्रेस कैलाली पाटी कार्यालय धनगढी, कैलालीमा दबाबमुलक अनसन सुरु।' 

प्रकाशित: Jun 29, 2023| 18:37 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्