सोमबार, वैशाख २८, २०८३

एमाले सचिव भट्टराई गृहप्रदेशमा कालो झण्डा

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

विराटनगर- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन्।‌ 

National life

भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए। 

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए। त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो।

कोसी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन्।‌ प्रदेश सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो।‌

प्रकाशित: Jun 29, 2023| 17:34 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्