बिहीबार, मंसिर २५, २०८२

यस्तो छ पूर्णिमा व्रतको महत्त्व

 |  बिहीबार, असार १४, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, असार १४, २०८०

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो। यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ। यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ। पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ।

National life

भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पूजाको स्वरूपमा गरिन्छ। सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पूजाको फल निकै धेरै पाइन्छ।

पूर्णिमा व्रतको महत्त्व
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ। यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ।

यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ। कसै कसैले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन्। साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ।

प्रकाशित: Jun 29, 2023| 19:07 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्