सोमबार, वैशाख २८, २०८३

आज विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको तयारी

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

National life

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ। एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन्। 

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ। 

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइ राख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्दछ। बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने आशा राखेको छ। जसपासँग एक मत रहेको छ। जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा विश्वासको मत पाउने अपेक्षा गरेको हो।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। 

अहिले कोशी प्रदेशमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन्। मतदानको क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ।

प्रकाशित: Jun 29, 2023| 08:21 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्