शनिबार, साउन २, २०८३

रवि लामिछानेविरुद्धको रिट खारेज

बुधबार लामिछानेको सांसद पद खारेजी मागसहित परेको निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले रिट खारेज गरेको हो।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको सांसद पद खारेजीमाथिको रिट निवेदन खारेज गरेको छ। बुधबार लामिछानेको सांसद पद खारेजी मागसहित परेको निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले रिट खारेज गरेको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले लामिछानेविरुद्धको रिट निवेदन खारेज गरेको हो। 

युवराज सफल पौडेलले १० जेठमा राहदानी दुरुपयोगलगायत वषय उठाएर लामिछाने सांसद बन्न अयोग्य रहेको दाबीसहित अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

प्रकाशित: Jun 28, 2023| 16:56 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्