आइतबार, वैशाख २३, २०८१

के हो राजयोग र राजयोग भंग ?

 |  बुधबार, असार १३, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, असार १३, २०८०

सामान्यतया राजयोगको अवस्था लग्नबाट गरिन्छ।

triton college

१. मेष लग्न र राजयोग– यो लग्नमा सूर्य एक्लै प्रवल राजयोग कारक हो। दुई न मा गुरु भाग्येश व्ययेश र मंगल लग्नेश अष्टमेश भएकाले दोस्रो दर्जामा परे। परम पापीमा बुध। मारकेश प्रबलमा शुक्र पर्छन्। शनि एकादश भाव, षष्ठभाव, तृतीय भाव र दशम भावमा लग्नको नैसर्गिक शत्रु भए पनि राजयोग कारक हुन्छन्।

पञ्चमेश सूर्यका साथमा लग्नेश मंगल र गुरु समेत यदि भाग्यमा, लग्नमा या त पञ्चम् भावमा बसेमा र शुक्र बुधसँग निरपेक्ष रहेमा तत्तत् महादशा अन्तरदशामा राजयोग दिन्छन्।

दशममा शनि स्वगृह हुने भएको कारण लग्नेश मंगलका साथमा बस्नाले प्रबल शत्रु बिनाश गर्ने राजयोग हुन्छ। तथापि एकादस भाव बाहेक अन्यत्र यो युति नोक्सान पुर्याउने ठहर्छ। ग्रह पुस्करांशमा बढी प्रभावी हन्छन्। तसर्थ बलाबलमा यो विचार पुर्याउनु पर्छ। सामान्यतया बिंशोत्तरी भुक्तभोग्य महादशाका अन्तरमा राजयोग कारक दशाको अन्तरदशा कहाँ आउँछ त्यो पनि विचार गर्नुपर्छ। जस्तो- मेषको आद्यदशा अश्वनी भएमा सूर्य युवा अवस्था, चन्द्र पनि राजयोगकारक हुने भएकाले र मंगल पनि हुने हुँदा अवश्य राजयोग प्रदायक ती ग्रहहरू छन्भने राजयोग दिनेछन्। भरणीमा पनि दिनेछन्, यद्यपि कृतिका नक्षत्रको जन्म भएको भए बाल्यकालमा नै यी दशा गइसक्छन् यस्तो कुरालाई विचार पुर्याएरमात्र फलित गर्नु बेश हुनेछ।

राजयोग भंग– मेष लग्नमा मंगलका साथ शुक्र मारकेशका साथ एकादशभाव बाहेक अन्यत्र बसेमा मारकेशका कारण शुक्रले राजयोगको नाश गर्छन्। दशम् भावमा शुक्र बस्नाले पनि राजयोग नाश गर्छन्। बुध तेस्रो र षष्ठबाहेक अन्यत्र भाव नाशक योग बनाउँछन्। चन्द्रमा षष्ठ, अष्टम् बस्नाले राजयोग बिनाश गर्ने सम्भावना हुन्छ। गुरु जहाँ बसे पनि भावको नाश गरे पनि राजयोग नै प्रदान गर्नेछन्। त्रिकको मालिक त्रिकमा बस्नु, दुस्थानको मालिक सोही स्थानमा बस्नुले रायोगका लागि सहायक बन्दछन्।  षड्बल, बिशोपक बल, अष्टकबर्ग बल, षोडष बर्ग बल, ग्रहरूको नेत्रपाणी अवस्था र मारकेश निरुपण गरेर मात्र राजयोग बारे फल बताउनु पर्छ, अन्यथा मिल्दैन। गोचरलाई पनि उत्तिनै बढी ध्यान दिनुपर्छ। शनि विचार नगरे राजयोग मिल्दैन। किनकि दुःख र न्यायका कारक शनि हुन्।

corrent noodles
Metro Mart

२. वृष लग्नमा राजयोग– पुष्कर नवांश अर्थात् १३ डिग्री २० मिनटबाट करिब १६ डिग्री ४० मिनट बीचको लग्न होस्, लग्नमा शुक्र अस्त नहुन् र सोही अंशअनुसार बसुन्, दोस्रो बुध बसुन्, १२ भावमा मेषका गुरु १० डिग्री ४० मिनटबाट १३ डिग्रीका हुन्, एकादश भावमा चन्द्रमा लग्नमानै शुक्रका साथ सूर्य, सप्तमेश मंगल भाग्य भावमा उच्च नवांशमा रहुन्, राहु दशम् र केतु चतुर्थ बसुन् त! उत्कृष्ट राजयोग हुन्छ।

लग्नमा चन्द्रमा, चतुर्थ सूर्य शुक्र, बुध पञ्चमस्थ, वययेश मंगल षष्ठस्थ राहुका साथ बसे पनि उत्कृष्ट राजयोग हुन्छ, यद्यपि पापी गुरु यात अष्टम, बाह्रौं वा एकादश भएमात्र राजयोग लागु हुन्छ अन्यथा गुरुको दृष्टिका कारण राजयोग भंग हुन जान्छ।

यतिसम्म ध्यान पुर्याएर पढे अरु लग्नमा पनि राजयोग खुट्याउन सकिन्छ।

बृष लग्न यस्तो लग्न हो, जसमा शनि दुखःका कारक ग्रह अति शुभ हुन्छन्। शनि अष्टमभाव र १२ भाव छोडेर जुन भावमा बसेपनि राजयोग प्रदायक रहन्छन्।

प्रकाशित: Jun 28, 2023| 19:07 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्