शनिबार, साउन २, २०८३

बजेट पारित गर्न संसद्‍मा मत विभाजन हुँदै

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- प्रतिनिधिसभामा बजेट पारित गर्नको लागि मतविभाजन सुरु भएको छ। बजेट पारित घोषणामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजनको प्रक्रियामा गएको हो।

सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै ध्वनि मतबाट बजेट पारित भएको घोषणा गरेपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरेका थिए। उनले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेको बताए। त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका हुन्।

 

प्रकाशित: Jun 28, 2023| 16:15 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्